(१)
भकुण्डो पृथ्वीको लडिबुडि गराई फननन 
दिदो लात्तीपात्ती दिन दिन घुमाई छिनछिन । 
सधै पूर्व फेंक्दो दिन दगुरिने पश्चिम गरी 
भकुण्डो खेल्ने को कुन दिन छ अड्ने कुन हरि ? 
(२)
छ ठूलोमा ठूलो चउर अति नीलो फिलिमिली 
सधै बत्ती बाली बहुत थरि हाँस्ने हिलिलिली 
त्यसै एक्लै हान्दो लडिबडि हुने रातदिन नै 
कतै फुट्बल खेल्ने उसतरफ देख्यौ कि त कुनै ?