ठूला राता गोदाम
र अल्छी घोडाहरू
निदाइरहेको एउटा ट्र्याक्टर,
र तुलसीको बास्नाले मगमगाएको दलान
चरिअमिलो र उन्यूका बीचैबीच
एउटा दिक्क लाग्दो गोरेटो,
यो दुनियाँ एउटा घमाइलो खेतबारी हुन्थ्यो भने
मकैबारी फाँड्दै कुद्न हुन्थ्यो
नसुन्ने, नदेख्ने र सास फेर्न नसक्ने हुन हुन्थ्यो
काठे रेलिङ समात्दै दौडिन
र कटुसका रुख पछाडि
तिमीसँग एकाकार भएर लठ्ठारिन हुन्थ्यो।