भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
पैले थियो घाम-छाया दुवै सराबरी / गीता त्रिपाठी
Kavita Kosh से
पहाड
पैले थियो घाम-छाया दुवै सराबरी
दिनसँग रात साँट्थ्यो माया बराबरी
काला काला रात लामा हिउँपानीको दर्को
दाहिने तान्छु, देब्रे छोटो घाम-जुनको बर्को
सुख भन्नु कति छ र दु:खैको छ याम
कहिले लाग्छ दु:खै हो कि जिन्दगीको नाम
ऋतुले नै बिर्सेपछि आउने-जाने बाटो
तुषारोको चोट कहिले बस्छ होला खाटो
दुख्यो होला पाइलाभरि पत्थरका घाउ
चोइटियो कि बग्दाबग्दै गुलाफका पाउ
छेवैबाट झरेपछि चाहनाको खोला
जिन्दगीको नयाँ भाका कहाँ खोज्नु होला !