भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रतीक्षा गर मेरी मायालु / राजेन्द्र रिजाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

प्रतीक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ कहाँ पुराउँछ
कहिले हसाँउछ कहिले रुवाउँछ
आँसु र हाँसोको संगम पनि गराउँछ

पर्खन्छन् कति आत्माहरु मायाको धुनी बालेर
झस्कन्छन् कति सपनासँग विपना हो कि भनेर
धैर्य गर मेरी प्रेयसी
समयले मानिसलाई कहाँ कहाँ पुराउँछ

उर्लन्छन् कति खोलाहरु फर्कने आशा लिएर
तर्सन्छन् कति प्रेमीसँग धोका हो कि भनेर
केही त बोल मेरी जिन्दगी
समयले मानिसलाई कहाँ कहाँ पुराउँछ
कहिले हसाँउछ कहिले रुवाउँछ
आँसु र हाँसोको संगम पनि गराउँछ

शब्द – राजेन्द्र रिजाल
स्वर – दीपक खरेल
संगीत – शम्भुजित बास्कोटा
एल्बम – पूर्णिमा