भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
प्रत्यागमन / शाफिनुर शाफिन / सुमन पोखरेल
Kavita Kosh से
हामी नजिक नै छौँ, तर
अनुभूत गर्छु म
केवल एउटा अदृष्य दूरी
तिमी र म बीचको !
थाह पाएर पनि
यो अपरिवर्तनीय सत्यलाई,
एउटा बाध्यात्मक आकर्षणले
तानिरहन्छ मलाई
निरन्तर तिमीतिर ।