प्रत्याहार / ओकिउयामा ग्वाइन
अहै मेरो मायालु ‘म‘
तिमी हौ को ?
मूर्त्तिमान् सदा पर प्रपर पारावार जोडेर
मेरो जीवनले, तिमीले गर्दा
रहनुपरेछ अँध्यारो दलेर ;
तिम्रो कारण अवस्था करुण
रैछु सधैँ मानसिक दैन्य भोगेर
विश्व-वैभव अतीत-शैशव
जीवन-पात्रमा जसरी थिए
एकाकार भएर ;
अहिले यी अँध्यारा आँखाले
तिम्रो देय, न्यून जोखले
जोख्ने कसरी हताश मनले
पाएका जति शुभ र अशुभहर
छानबिन गरेर ;
मेरो तमाशामा विराछ् लुकेछ
विश्व सत्त्वबाट आफली मलाई
फ्याँक्छौ दूर
यहाँ म
अँध्यारो द्वीप
रेछु एक्लो
विपुल, मनमानवतामाझ
क्लान्त दिवस
प्रान्त शबरी
जीवनका यी श्वास अनि प्रश्वासहर
विफल पवनामा
जाँदै छन् उडी –
तिमीलाई छुटाउन भव-भुवन घुम्न
बाहिर निक्लें आज
फालीराखी जति कामकाज
ख्वाउँदै चुम्दै छु
मेरो अँध्यारो सागरमाथि
एक्लो – अँध्यारो तरणी ।