Last modified on 18 मई 2020, at 10:58

प्रवासीको पत्र / बद्रीप्रसाद बढू


प्रवासको बास मिल्यो मलाई
यो भाग्य हो किअथवा भगाइ?
म रोऊँकिहाँसी रहूँ यहाँ म ?
बताइदेऊ न प्रिया ! मलाई !//१//

प्रवासमा छन् सब थोक मेरा
तिमी बिना यी सब छन् अपूरा !
वैशाख मेरो त्यतिकै गयो नि
तिमी बिना शून्य भयो जवानी !//२//

एक्क्लो बसाई अभिशाप भार !
यो भोग्न आफैं म भएँ तयार !
धिक्कार ! गर्ने कसरी बयान ?
अशान्त मेरो छ यहाँ बिहान !//३//

ठ्याक्कै मिलाई कसरी भनूँ म ?
दिमाग खाली मन भो अशान्त !
सम्झन्छु यौटा सपना म हाय !
तिम्रै छ छाँया मनमा सहाय !!//४//