भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
प्रश्नचिन्हहरू / मनप्रसाद सुब्बा
Kavita Kosh से
उत्तर सुन्नलाई
कान ठाडो पारेर उभिएका
यी प्रश्नचिन्हहरू
? ? ? ? ?
तिमीले जब्बर्जस्ती तानेर तन्काएर सीधा पार्न खोज्दैमा
सीधा हुने छैनन् ।
यिनीहरू चाहन्छन् नाङ्गो उत्तर ।
के तिमी नाङ्गिनसक्छौ सबको सामुन्ने ?
नाङ्गोपन नै पो छ के तिमीसित ?