Last modified on 16 अगस्त 2017, at 15:33

प्रश्न / विप्लव प्रतीक


यो जीवन यदि सास फेर्नका लागि मात्रै हो भने
सास रोकिएर के फरक पर्छ यहाँ ?
सहस्र गोरेटाहरू खोसिएर
कुनै एउटा बाटो मात्रै हिँडिरहनुपर्ने भए
यात्राको नामोनिसान मेटिए पनि
के फरक पर्छ यहाँ ?