भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
प्रार्थना / शीमा कलबासी / सुमन पोखरेल
Kavita Kosh से
र त्यसपछि आठौँ दिनमा
ईश्वरले सिर्जना गरे एउटा रक्ताम्य घाउको ।
मध्यपूर्वको ।
जहाँ बाटाहरूले मात्र
कुरा गर्छन् चुपचाप
मरेकाहरूका बारेमा,
जहाँ घन्टीफूलका बटुका
बटुका राता छन्
रगतले,
जहाँ शरीरहरूलाई चोबिन्छ
तेलमा, तेल
तात्तातो तेल ।
नडढाऊ तिम्रा औँला, हे ईश्वर
जिजमा
रातो, रातो जिजमा ।
अल्लह - हुऽऽ - अकबर !
...................................................
अङ्ग्रेजीबाट सुमन पोखरेलद्वारा अनूदित