भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
प्रेमको अधुरो कहानी / रवीन्द्र शाह
Kavita Kosh से
प्रेमको अधुरो कहानी नबनोस् जिन्दगीमा
निर्मल झर्नाझैँ बहिरहोस् याद हरेक क्षणमा
जूनकीरीको साथमा गीत सम्हाली हातमा
पर्खिरहुँला हेरिरहुँला गरी प्रतिक्षा रातमा
नव वसन्तको बेलामा फूलहरूको मेलामा
झुलिरहुँला रमिरहुँला हाय कसैको यादमा