भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रेमको माला / राजेन्द्र रिजाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

प्रेमको माला पहिराई दिएँ, सम्हाली राख यसलाई
नओइलिने फूलको माला हो, संगाली राख यसलाई
प्रेमको माला…

तिमि मेरो जिबनको उज्यालो हौ, म संधै तिम्रो साथ हुन्छु
सुखमा पनि दु:खमा पनि २, एउटै भाब म पोखीरहन्छु
प्रेमको माया…

मायाको बन्धनले बाँधी दिएँ, दुइ दिनको सहारा होइन
पबित्र सिन्दूर छरीदिएँ २, तृष्णामा मुछिएको माया होइन
प्रेमको माला…

शब्द: राजेन्द्र रिजाल
संगीत: सी. के. रसाइली
स्वर: नारायण गोपाल