Last modified on 10 मई 2015, at 18:50

प्रेममा घात हुँदैन, कहिल्यै प्रतिघात हुँदैन / सरुभक्त

प्रेममा घात हुँदैन, कहिल्यै प्रतिघात हुँदैन
ठूलो सानो भन्ने पनि प्रेममा कुनै जात हुँदैन
ए! नसाले बेहोस बनी प्रेमका कुरा गर्नेहरू!
म सत्य भन्छु, प्रेममा प्रभात हुन्छ कहिल्यै रात हुँदैन ।