भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रेमिकालाई / विमल गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मलाई थाहा छैन
देखेको त पहिले नै हो
कहिलेदेखि तिमीप्रति
मेरो मुटुमा प्रेमको मुना जन्मिएछ
मैले देखेको छु तिमीलाई
सडकमा दोकानको अगाडी
र मैले देखेको छु तिमीलाई
हुलाकघरको अगाडी
तिमीसंग बोल्ने
चाहना
उर्लिएर आउँछ भित्रैबाट
तर, मौका मिलेको हुँदैन
हो, मेलेको पनि थियो
तर,
खै के भएर हो !
तिमीलाई टाढैबाट देख्नेबित्तिकै
अनुहार रातो भएर आउँछ
अनुहार
हो यहि अनुहार रातो बहेर आउँछ
यसपछि

मौका मिलेपनि
खै के गर्ने !?
मुखबाट बोलि फुट्दैन
अवाक् ! अवा ... क् ! अ ... वा ... क् !!!
मौका पर्नसके
एकदिन

तिमीलाई
आँखाको परेलीमा राखेर भन्ने छु
म तिमीलाई प्रेम गर्छु ।