भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रेम / लौवा मुसेल्ली क्लेम / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मैले तिमीलाई अधिकरण गरेकी छु
कसैले पूर्णतालाई प्रभाव पारे जसरी
मधुरताको एउटा श्रीपेचले
मेरो हेराइलाई उकास्दछ

समयको उत्साहमा
एउटा चम्किलो गुञ्जनमा
नीलो तलाउको मनभरि
स्वच्छन्द तैरिरहन्छ मेरो हृदय

म तिमीलाई
मैले कोर्ने मुस्कानभरी बोकेर
हाम्रो कञ्चन नगरको सीमाभित्र लैजान्छु

तन्किएको एउटा क्षण हौ तिमी
कोमलताको खुसी हौ
वाचाको शक्ति हौ ।