भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

फुटकर / वीरेन्द्रकेसरी अर्याल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

केराका पनि झाङ यहाँ वरिपरी वाक्ला रहेछन् प्रिये !
विच्-विच् मा लहराहरु ऋरु हुँदा देख्दैन कोई गये ।
यस्मा जाउँ असल् लतागृह पनी वेस् वेस् रहेछन् भनी
पक्री वाहुलिमा गयो युवतिको झुक्छन् कहाँ ई अनी ।।

ढोकामा म गयें वहाँ ति युवती आड्मा खडा पो भयिन्
फटृाएर अलीकती अनि त जाँघ् फेरी ति जोड्दी भयिन् ।
घुम्टो काढि अगाडि तल्तिर अलिक् फेर्दाभयिन् फेर् नयन्
खुम्च्यायिन् दुइ हात् पसारिकन क्यौ बोल्दा त क्यै बोलिनन् ।।

यहाँ सासू सुत्छिन् अनि म त यहाँ सुत्छु कहिले
दिनैमा सब् ठिक ठाक् गर तिमि सबै हेर पहिले ।
अहो रात्का अन्धा अनि तिमि रहेछौ सुत यही
अँधेरामा यस फेट्तिर तिमि झुकौला अनि कहीं ।।

घर् का ढोकाको नगिच् आयिपुग्दा
गाग्रो फोर्यौ घाँटि फेरेर हेर्दा ।
आर्को गाग्रो जाउ ली पानिघाट्मा
सारा कामको ठीक् म गर्नेछु घर्मा ।।

भन्थी स्त्री म पतिव्रता छु फेर् लोग्ने पनी भन्दथ्यो
एकस्त्रीब्रतको छु यो ति दुइको रोजै कुरो चल्दथ्यो ।
संकेत् कोइ थियो र भेट् हुन गयो यी हुन दुवै बद्चलन
दोटैले अब के भनेर अघिको त्यो बात थामे हुनन् ।।

कति दिंदा पनि केहि न मानि खुब्
हट गरिन् र उठयो घर जान जब् ।
नगरि मञ्जुर थाम्न विचार् गरिन्
अब तहाँपछि के गरि थामिहुन्



(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)