भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फूल / दिनेश अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

फूल-सुन्दर छ
सुकोमल छ
सम्मोहक छ
फूल-सबैका लागि प्रिय छ
 
फूल-
गाउँमा छ
सहरमा छ
भीरमा छ
फूल-सर्वत्र उपलब्ध छ
फूल-
प्रेममा बोल्छ
मन्दिरमा चढ्छ
साइतमा अघि सर्छ
फूल-मायाको प्रतीक भएको छ
तर कस्तो नमज्जा !
हरेक बिघ्नबाट जोगाएर
सुरक्षित हुर्काउने
पितातुल्य
आफ्नै मालीको मृत्युमा पनि
पूर्ववत्
फूल-मगमगाइरहेकै छ
उफ् !
सृष्टिको कस्तो विडम्बना !
फूलसँग
पटक्कै सँवेदना हुँदो रहेनछ