भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फेर्नुपर्ने संस्कार छ आफ्नो / ज्ञानुवाकर पौडेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

फेर्नुपर्ने संस्कार छ आफ्नो
नयाँ नौलो विचार छ आफ्नो ।

देखी सहँदैनन् जो अरूको प्रगति
उसलाई नि नमस्कार छ आफ्नो ।

नधाएर मन्दिर कहाँ जाऊँ म ?
बैगुनी सारा यार छ आफ्नो ।

जुधेदेखि फेरि नजर कसैसित
बिग्रेलाजस्तो घरबार छ आफ्नो ।

के हुन्छ कुन्नि अरूलाई प्रेममा ?
असम्भवप्रायः उपचार छ आफ्नो ।

कल्पनामा बनेको त्यो घर एउटा
नलिने कैले आकार छ आफ्नो ।

लाग्यो नशा जब यो स्वाभिमानको
पँहुचबाहिर प्रचार छ आफ्नो ।

नदेख्ने कोही अन्याय अत्याचार
नसुन्ने कोही पुकार छ आफ्नो ।