भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फेवातालको आँगनमा लै लै / दिनेश सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


फेवातालको आँगनमा लै लै
फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ

जीवन मेरो सेती बगर बिना तिम्रो माया
अन्धकारमा तिम्रो तस्वीर कोर्दै हार खाएँ
बगरको पर्खाइमा बिसौं बहर गएँ

कोइली चरी गाउन छाड्छे रानीवन डुल्दै
सपनी मेरो इन्द्रेणी बोक्छ विपनालाई भुल्दै

साउन झरी मेरै निम्ति उर्ले जस्तो लाग्छ
निष्ठुरीको माया अब बिर्से जस्तो लाग्छ

शब्द – दिनेश सुब्बा
स्वर – प्रकाश श्रेष्ठ
संगीत – शम्भुजित बास्कोट
एल्बम – कान्छीलाई घुमाउने काठमाण्डौं शहर