भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

बंधुविनपराष्टकं / रामभद्र पाध्या

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


बंधुविनपराष्टकं
(वि.सं. १८५१ तिर)

श्री गणपतय नमः
खै गर्दा हुंदि हामिले तमिहरु हे कामिनी हो जनी
तुष्मान्या गर तम्रि निम्तो बढिया अर्ती दियाको प हो ।।
आफ्नू सीप भली भया सभ जना स्यावासि दिन्‌छन् पिता
माताकों पनि नाम टिक्छ सउता मिल्दीन कैल्हे पनी ।।१।।

कुलकि बेटि भइ रिस मारनू लगमहां मन लगाई उतारनू
रिधनु साधनु बेस सपारनू सिर पर्‍या पहि X टलि टारनू ।।२।।

खई गर्‍या भनि रिस मारनू नझोरनू कति गरु भनि चित्त नहारनू
अलिकती महाँ (चित्त) नफारनू भलि मती दिनु माौम (न) धारन (नू) ।।३।।

मान्यका टहलमा अघि XX नू गौरिको स्तुति मनैमा विचारनू
लाजगाल भयले मन फांउनू ज्यादि घाम नपरिकन लाउनू ।।४।।

सारसार नगरी किन हिंड्नू दुःखले मनमहाँ जनि पीरनू
मांझमा पिर मया पनि उठनू अल्सिले छल गरी जनि सूतनू ।।५।।

निज घर लग गर्नू मान्याको भक्ति धर्नू
रससिता (त) मन पर्नू कामले ख्याल गर्नू
बुझिकन भर पर्नू गालदेखी प डर्नू
रससित मनहर्नू दूष्टका दूर सर्नू ।।६।।

वस्तु ढाकि चिंह्न गरीकन सदा राष्नू वडा यादले
दीया हेरि नपोखि यादले दिनू छोटा वडा कामले ।।
मानिस् हेरि अघीपछी महि दहि आचार साग्दालले
पुर्नू सज्जनका विचार बलले आफ्ना मती सारले ।।७।।

आठ श्लोकमहां वुरारिहरुको शिक्षा कह्याको छ यो
जो धर्ला कुलकन्यका मनमहाँ त्यो दुःख पावैन है
जस् जाला पृथिवीमहाँ सम सभ जना हाहा भनी गाँउनन्
तस्का पुरव कमाइले अरु पनि जस् भाग्य ता पाँउनन् ।।८।।

इति श्रीरामभद्रकविना विरचितं बंधुविपराष्टकं संपूम् ।। ।। ।।

                           'वीरकालीन कविता. बाट साभार