भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बगली नीतिको धारा सङ्ख्या शून्य / रेमिका थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

रात विरात जर्ज फ्लोयडहरूका फोनहरू फलामका झीरझैँ तिखा बज्छन्,
होसियार !
स्वीकार गर ,नत्र ?
तिमीहरू जाक्किइने छौ, देश द्रोहमा पर्नेछौ !
निलामी, बर्खास्त र हट्टाबाहरमा पर्नेछौ !
झुन्डाइनेछौ, मब लिङ्चिङमा पर्ने छौ !!!

बेला कुबेला जर्ज फ्लोयडहरूका दैला दनादन ठट्टाइन्छ,
होसियार !
तिमी स्वीकार गर !!
फलाना बजारमा भएको दलाली
फलाना पोर्टको स्मगलिङ
फलाना चोकको बलात्कार र अपहरण
ती ती सहरमा भएका दङ्गा
चुनावी रेली र भेलामा भएका रक्तपात र विस्फोट
फलाना मन्दिर , गिर्जा, मस्जिद र गुम्बाहरूमा भएका आतङ्की हमला,
फलाना स्टेसनको पाकिटमारी
पचास रुपियाँको सट्टेबाजी, रक्सीबाजी, रन्डीबाजी, घुसखोरी, डकैती,
गाँजा गोटी, चुग्ली,चाप्लुसी र दुइ नम्बरी !
तिमी स्वीकार गर, अपराध तिम्रो रङमा छ, जातमा र खूनमा छ !
तिमी स्वीकार गर कि तिमी कम्जोर छौ,
कमसल , डरपोक, गतिछाडा मगन्ते सुकुमबासी हौ !
स्वीकार गर तिमीलाई वायोसेक्सको कुण्ठा छ,
घोरआत्मपीडक हौ तिमी र कुनै पनि बेला आत्महत्या गर्न सक्छौ !
स्वीकार गर कि तिमी खुङ्खार परपीडक हौ,
नाङ्गा भुतुङ्गा लबस्तरा र लफङ्गा हौ !

तिमीलाई थाहा नहोला,
यो बगली संविधान, बगली व्यवस्थापिका, बगली न्यायपालिका
हाम्रा हुन् जो परम्पराको सबभन्दा पुरानो चाबीले चल्छ,
त्यसैले चल्छ यहाँको सारा शान्ति र सुरक्षा नीति !
सो बुझिराख,
बुट र बुलेटको भाषा चिनिराख कि
यो संसार हाम्रो हो,व्यवस्था हाम्रो, संसाधन हाम्रो र
इतिहास रच्ने अधिकार पनि हाम्रो मात्रै छ र हुनुपर्छ,
बुझ्यौ ???
                                                                                                                   
............................................................................
रचनाकाल ०७.०६.२०२०