Last modified on 19 मई 2020, at 13:30

बग्दा थाकेँ भन्नु हुन्न नदी भएपछि / मञ्जुल

नदी
 
बग्दा थाकेँ भन्नु हुन्न नदी भएपछि
उठ्दा थाकेँ भन्नु हुन्न पहाड भएपछि
आफ्नो धर्म थामेकैले इन्द्रेणी भो राम्रो
ओइले पनि फूलझैँ फुल्ने जिन्दगी हो हाम्रो
 
पहराको छाँगाबाट खस्दा रोइनँ म
ढुङ्गामाथि बजि्रएर टुट्दा रोइनँ म
भूमरीमा परी घुम्दा बिचेत भइनँ म
हुन्न नदी भनी बाटो मोडी गइनँ म
 
भँगालो भै कहिले फाटेँ छाती चिरिनाले
भौँडी-भौँडी कुदेँ कैले बाटो बिरिनाले
तर पनि सागर पुग्ने लक्ष्य बोकिरहेँ
तिमीसँग मेरो आत्मा सधैँ जोडिरहेँ ।