भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बर-पिपलको बिहेमा / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


बर-पिपलको बिहेमा जानुछ आज
त्यसैले
पर्यावरण-कविता गोष्ठीमा जान नभ्याइनेभो ।

वधाइ दिँदै बर-पिपललाई
यति चाहिँ भन्नुछ खुसुक्क –
अब मानिसहरूले तिमीहरूको पुजा गर्न थाल्नेछन्
पूजाले तिमीहरू मक्ख परिरहनेछौ
र अरु सहोदर रूखहरूमाथि के बितिरहेको छ
तिमीहरूले वास्ता गर्नेछैनौ

तर मान्छेले पुज्यो भन्दैमा
तिमीहरूले आफू रूख हुनुको सत्यलाई
कहिल्यै नबिर्सिनू
अनि अरू नपुजिने असुरक्षित रूखहरूको
सन्चोबिसन्चो पनि ख्याल राख्नू