भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बलिया छन् पोयाहरू बटाइ पनि राम्रो / मञ्जुल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मुस्कान
  
बलिया छन् पोयाहरू बटाइ पनि राम्रो
साना दुःखले नचुँढिने जीवन डोरी हाम्रो
 
आँसु आउँछन् पीर धुन, दुःख-ज्ञान दिन
साना-तिना पीडाहरूले निराश हुने किन
तिम्रो संघार मन परेरै हात समाएको
आफूजस्तै तिमी पाउँदा म छु रमाएको
 
आमाले झैँ माया दिन के सक्थेँ र मैले
म पनि त बाबा गुमाई छियाछिया ऐले
तर पनि इन्द्रेणीमा रङ्गजस्तै हुन्छु
तिमीलाई प्रतिध्वनि जस्तो भई सुन्छु ।