बसाई / सविता गौतम दाहाल
झरीको एक शनिवार
मेरा शरीरका कोमल अंगहरु
लाम लागेर मौन गुडी रहे अलग अलग ।
जतनले राखेको स्वस्थ्य हात एउटा ठेलामा
मायाले ढाकिएको मन अर्कोमा
प्रेमिल मुटू अर्कोमा गुडदै नया घर पुगे ।
तोकिएको ठाँऊमा डोलीझै पुरयाएर
आफनो ज्यालामा रमाए वलिष्ठहरु
नट वल्टूसगै
हुन खोजी रहेछु पूर्ववत
त्यहाँ पानी थिएन पीर
यहाँ पानी छ, आगो छैन
उही सम्झौ ता ।
“म” नै ओसारिए टुक्रा टुक्रा
पूर्वरुप पाउन घुमाइरहेछ कोशिशको पांग्रा
मेरा आफन्तहरु न टुक्रिनु परयो
न पुन जोडिनु
एकैपटक पुगि हाले सगुल्तै ।
हतपो भाचिन्छ कि
कुइनो पो ठोकिन्छ कि
मुटूको धडकन पो राकिन्छ कि
भयपर्ण यात्रामा थिए म उतिवेला
यो टुट्छ कि त्यो फुट्छ कि
भइरहे सर्तक ।
अझै कता के मिलेको छैन
चसचस घोच्छ, टनटन दुख्छ
सायद, वसाइ सर्नेको पीडा यही हो
एउटा माया छाडेर अर्को माया लाउनेको दर्द यही हो
सर्नु आखिर !
जरैबाट उखेलिएर फेरि नयाँ माटोपानीमा
उम्रनुनै त हो ।