भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बाँच्नु नै छ यदि भने / जी. शाह

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


बाँच्नु नै छ यदि भने, बाँच नेपाली भै
बोल्नु नै छ यदि भने, बोल नेपाल नै
आमाको नै गर यदि गर्ने भए याद
भएकोमा नेपाली नै बाँच गर्वसाथ।

दुई हाथ जोड्ने भए, जोड नेपाललाई
आमालाई रोज, पाउने भये ईश्वरलाई
सुन हीरा यही खोज नगरेर बेर
आफुलाई पाउने भये नेपाल लाई हेर।

मुटुभरी छातीभरी नेपाली भै बाँच
हर सास्-सास मेची—काली लीई बाँच
माटो पारी पवित्र यो धरतिको बाँच
नेपाल यो तातो रगत लीई बाँच।

नेपाली हो भने तिमी बोक नेपाललाई
मुटुको त्यो धद्कन्मा, साँच नेपाललाई
नेपालकै माया गर, माया लाग्छ भने
नेपालीकै निम्ती मर मर्नुपर्छ भने।