भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बाँच्न चाहने मान्छे / नोर्देन रुम्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 
हार लगाई हारहरूको बाँच्न चाहने मान्छे
संसारसित साइनो आफ्नै गाँस्न चाहने मान्छे
एकछेउ जीवन छ अर्कोछेउ बाँच्न चाहने मान्छे

आश अधूरो बास अधूरो यहाँ धेरै मधुमास अधूरो
कोपिलामै झरिगएको कहीँ कतै विश्वास अधूरो
थाह नपाई हराए कति यहाँ रातसितै सपनाहरू
खोजी हिँड्छन यहाँ धेरैले बाँच्न पर्ने बहानाहरू