भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बाँसुरी बजाइराख / ज्ञानुवाकर पौडेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

निरोले झैँ बाँसुरी बजाइराख
हो, देशलाई यसरीनै जलाइराख ।

को आफनो यहाँ अब को पराई ?
जो शक्तिमा छ उसलाइ रिझाइ राख ।

क्रान्तिको नाममा फैलाएर भ्रान्ति
जति सक्दो जन्तालाई कजाइराख ।

पाएनौ कतै रोजगारी त के भो
जो शक्तिमा छ उसलाई रीझाइराख ।

जान त गयौ तिमी टाढा धेरै टाढा
याद चैँ कैले काहीँ दिलाइराख।