भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बाटोमा हिँड्दै एक दिन / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


१. त्यो दिन / हामी
यौटा धेरै प्राचीन बाटो हिँड्यौं -
मानिसको भावना जत्तिकै प्राचीन
सभ्यताको शुरुवात् जत्तिकै प्राचीन।
तर नयाँ बाटो खन्दा निस्कने
ताजा ढुङ्गामाटोको गन्धले जस्तो
म कुन्नि कसरी लट्ठ भइराखेको थिएँ।

तिमीलाई नि
त्यस्तो भयो कि भएन, हँ ?


२. फरूवाले जमीन खनेको लयमा
हाम्रा पैतालाहरू भुइँ टेक्दै थिए
अनि बाटोको डिलमा उभेर
हजारौँ वर्ष पुरानो धरतीलाई हेरिपठायौं
तर त्यो धरती
मेरो आँखाको कोलम्बसले भर्खरै आविष्कार गरेको
यौटा रोमान्चक मुलुक भइदियो।

तिमीलाई नि
त्यस्तो भयो कि भएन, हँ?