भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बाटो हिँड्दा धेरैथरी / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बाटो हिँड्दा धेरैथरी मान्छेहरू भेटेँ
दुखाउने यादहरू नदेखाई मेटेँ
एउटा याद यस्तो गड्यो जरो भेटिएन
खाटा बस्यो घाउ तर यादै मेटिएन
 
आफ्नै सास आफैँबाट छुट्याउन खोजेँ
मनको पीर पालैपालो रित्याउन खोजेँ
खाली गर्दा भरिइसक्छ मूलै भेटिएन
खाटा बस्यो घाउ तर यादै मेटिएन
 
दुःखसुख जे भेटे नि पोका पारी हिडेँ
धारैधारमा टेकीटेकी जिन्दगीमा भिडेँ
साँध लाएँ एउटा धार रेट्दा रेटिएन
खाटा बस्यो घाउ तर यादै मेटिएन