Last modified on 19 मई 2020, at 14:07

बाट्दा बाट्दै फुस्कन्छ कि जिन्दगीको पोयो / गीता त्रिपाठी

आँसु
 
बाट्दा बाट्दै फुस्कन्छ कि जिन्दगीको पोयो
दुःखै-दुःखले झुरिएको मन अडिने चोयो
 
आँसु छम्की भिजाउँदा मक्किजाने हो कि
परेलीले रिझाउँदा मुटु खाने हो कि
काट्दै जाँदा घुम्तीहरू छुट्ने हो कि साथ
उज्यालोले बिर्सिएर गर्ने हो कि घात
 
बस्ने हौ कि पिलपिलाउँदै संघार भन्दापारि
हुने हो कि आफ्नै छाया हजुरलाई भारी
आँसुसँगै बाटिएको इन्द्रेणीको डोरी
बिलाउँछ कि मेरो मनको प्रतिविम्ब चोरी ।