भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
बानी परेका ती आँखा / सुमन पोखरेल
Kavita Kosh से
बानी परेका ती आँखा तिम्रा अझै पनि झुक्न खोज्छन्
कामना तिम्रा खुल्न चाहेर अझै किन लुक्न खोज्छन्
झुम्का हल्लेको मात खाए जस्तो
चुरा मिलेर गीत गाए जस्तो
बुझ्दैछु सबै आग्रहलाई, आज ती पनि दुख्न खोज्छन्
बानी परेका ती आँखा तर अझै पनि झुक्न खोज्छन्
कामेका तिम्रा ती अधरहरू
सङ्कोची मनका ती रहरहरू
बुझ्दैछु म लाजहरूलाई, आज ती सबै फुक्न खोज्छन्
बानी परेका ती आँखा तर अझै पनि झुक्न खोज्छन्