भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

बारम्बार म एकबाट छुट्टिएर गइरहेछन् / वासु शशी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

{{KKCatKavita}


बारम्बार म एकबाट छुट्टिएर गइरहेछन्
अनेक कुराहरु—
हातबाट औँलाहरु
आँखाबाट निकटता
खुट्टाबाट पुग्नुहरु !
म एउटा गाँठो, फुस्किँदै गइरहेछु
फुस्किँदैछन् मुटु, मन
देहबाट उमेर, अङ्ग–प्रत्यङ्गहरु !
टुक्रा–टुक्रा काटिँदै गइरहेछन्
इच्छा, आकांक्षाहरु
टुक्रिंदै गइरहेछन् निद्रा, सपनाहरु !
हिजो–अस्तिहरु चुँडिएर गए
भत्किएर गए भोलिहरु !
मैले त्यो ऊँट हराएँ
जो हिड्थ्यो लुखुर लुखुर मरुभूमि मेरो मस्तिष्कमा !
मलाई हलचल गर्न नहुने भयो
पल्लो कोठाका बमहरुमा धक्का लाग्ने डरमा !

हो, यो सत्य होे
जे म छु त्यसको कुनै विकल्प छैन !
तर त्यो पृथकता पनि
कुनै मन्चिन्ते झोली होइन रहेछ ।
प्रतिज्ञभूमि कहीँ पनि छैन भनेर
म जहाँ उभिएँ
स्वर्ग त्यो पनि होइन रहेछ ।
यी नकारात्मकताहरुको बाटो गरी
एउटी बेस्सेजस्तै मेरो हृदय मबाट गयो ।
अब म एक थुप्रो बालुवा हुँ
सिर्फ एक थुप्रो बालुवा
जसलाई मनको तूफानले अलिकति उडाएर लैजान्छ,
मस्तिष्कको हुरीले अलिकति छर्पष्ट पार्छ,
तनको पानीले अलिकति बगाएर लैजान्छ
प्रत्येक बिहान, प्रत्येक साँझ
प्रत्येक दिन, प्रत्येक रात ।
परन्तु म किन चिन्ता गरुँ —
म आफूलाई सोरेर राखूँ भने
त्यो पनि त कुनै देवता होइन ।
म नभई हुन्न भन्ने क्यै छैन,
म नभई हुन्न भन्ने क्यै छैन