भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
बालकैदेखि पछ्याइरहे दुःखका भाकाले / गीता त्रिपाठी
Kavita Kosh से
बहिनी
बालकैदेखि पछ्याइरहे दुःखका भाकाले
देखेथेँ टाढा सपना एउटा अनिँदा आँखाले
शान्तिको सास फेरुँला भन्थेँ पुगेर लक्ष्यमा
देख्दिन दाजै मान्छे नै आज मान्छेको पक्षमा
यो जिन्दगीको के अर्थ छ र व्यर्थ भो जिउनु
हजार चिरा परेका कथा कसरी सिउनु
पाउँदिन कुनै बलियो धागो उनिन्न विश्वास
रक्ताम्मे हुन्छ पीडाले घोची छातीको निश्वास
म घोलूँ भन्छु प्रत्येक शब्द बिहानी रङ्गमा
स्वच्छन्द भई म हिडूँ भन्छु आत्मीय सङ्गमा
न लाग्छ कुनै शुभेच्छा कतै न कुनै कामना
हर एक प्रहर कसरी गरुँ दुःखको सामना ।