भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बालापन / दुर्गालाल श्रेष्ठ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जीवनका दिन सारा
जत्तिसुकै जाँच,
बालापनै मात्र हीरा
अरु काँचैकाँच !

रुनु, हाँस्नु, कराउनु
गाउनु र नाच्नु,
बेजोडको आनन्द हो
बालापन बाँच्नु !

ठूलो मान फल्ने रुख
होला सिंहासन,
शान्ति भने हुन्छ त्यहीं
जहाँ बालापन !

अनगिन्ती भए पनि
ढुकुटीमा धन,
सम्झी बस्छन्, बूढाबूढी
आफ्नै बालापन !