Last modified on 27 मई 2020, at 09:40

बाल विधवा कुलाङ्गनाका बारेमा / उमानाथ शर्मा पोख्रेल


हे धर्म मूर्ति विधवा बहिनी ! हरु हो ? ।
जो भो भयो अब त संझ कुरा बरु यो ।।
फोस्रो अनेक थरिको सब दुःख टार्यौ। ।
संसारमा न फसि जीवन यो सपार्यौ् ।।१५९।।

टण्टा गृहस्थ जनका दिन रात पर्थे ।
घेरेर चार तिर बालक ले पिरोल्थे ।।
सो केहि झंझट यहाँ सहनै परेन ।
सन्तान मर्छ कि भनी पनि फिक्रि छैन ।।१६०।।

होलान् जहान घरमा अरुता घनेरा ।
पर्दैन भन्न तिमिले उनलाई “मेरा” ।।
आनन्द पूर्वक परे जति काम टारी ।
आसक्ति छोडि वस जीवन यो सपारी ।।१६१।।

दिन्छन् ठुला मुनि हरु पनि नित्य चित्त ।
संसार-वन्धन टुटाउनका निमित्त ।।
आफै छुट्यौ तिमी हरु बुझयो अवश्य ।
हो पूर्व जन्म तिरको विधिको रहस्य ।।१६२।।

संसारको सुख मिलेन म भैन आमा ।
मिल्थो कि शान्ति पतिजी सँगमा छँदामा ।।
यी बात कत्तिन चिताउ छ दुःख खाली ।
आफै विचार गर चित्त सधैं समाली ।।१६३।।

तिम्रा सपुत्र सधवा सिनी हरु छन् ।
तेस्तै जगत् भरि सहस्र बधू अरुछन् ।।
तिन्का घरै घर गई व्यवहार हेर ।
देखिन्छ हद्द सुख की कित दुःख धेर ।।१६४।।

संसार होअति भयङ्कर भयकर दुःख दाता ।
आतेस पार्न र रुवाउँन हुन् इ नाता ।।
यी बात जान बहिनी तिमि छौ फरक्क ।
यो भाग्यलाई न बुझेर न होउ छक्क ।।१६५।।

अत्यन्त शुद्ध मन ले अति भक्ति साथ ।
सारा उमेर भर नम्र गराइ माथ ।।
आनन्ददायि शिवको भज शुद्ध नाम ।
तिम्रो यहाँ यहि रह्यो अब मुख्यकाम ।।१६६।।

निर्वाह हुन्न नगरे व्यवहारि काम ।
भन्छयौ त जे जति पर्योय गर सो तमाम ।।
किन्तु प्रपञ्च तिरको सव हर्ष खेद ।
यो द्वन्द्व लाई मनबाट तुरुन्त खेद ।।१६७।।