भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बिचरा ! मेरो ईश्वर !! / सुदीप पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिमी आयौं
भर्खर पो थाहा भो
अझैंसम्म जीवित नै रहेछु — म
— तथापि —
यहाँसम्म आइपुग्दा
थुप्रै थुप्रै थोकहरु मभित्र मरिसकेका छन्
भो ! मसंग नसोध !!
नृत्यका महोत्सवका कथाहरु
आडम्बर जान्दिन — म
भो ! मबाट नसोच !!
आनन्दउत्सवका गीतहरु
ढोंग जान्दिन — म
भो ! मभित्र नखोज !!
ईश्वरत्वका पदचापहरुका संगीतहरु
मैले नै
हो, मैले नै कैयौं पटक
मेरो ईश्वरको बर्बरतापूर्वक हत्या गरेको छु
जीवितै भएपनि
कहीं, कतै
अँध्यारो कुनै कुनामा
रगताम्मे घाइते लडिरहेको होला — मेरो ईश्वर
बिचरा ! मेरो ईश्वर !!