भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
बिरानो सहरबाट / रमेश क्षितिज
Kavita Kosh से
टाढा कतै भौतारिएँ म तिम्रो सहारा
कसले पुछ्यो आमा तिम्रो आँसुको नौधारो
साँझ बिहान हेर्दाहेर्दै पाखापखेरो
सम्झनामा आउँछ कि परदेशी छोरो
पोखिरैछु यतातिर पसिनाको धारा
कसले पुछ्यो आमा तिम्रा आँसुका नौधारा
भुल्दिनँ म तिमीलाई भुल्छु भोकतिर्खा
टाढिँदैन कसैगरी कलेजोको टुक्रा
दुःख गरी खोज्दैछु म सुखको किनारा
कसले पुछ्यो आमा तिम्रो आँसुको नौधारा !