भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बिर्सूँ; तर भन, बिर्सूँ कसरी ? / प्रेमराजेश्वरी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बिर्सूँ; तर भन, बिर्सूँ कसरी ?
जीवन सानो नियम पुरानो
लघु, महानका प्रतिनिधि मानो
पाउनै निम्ति त पुग्न सकेन
अनि यस लघुले छोडूँ कसरी?
बिर्सूँ; तर भन, बिर्सूँ कसरी ?

छुनुमा पनि जब कोहि नआयो
सपनाले आँचल फैलायो
करुणाले छर्केका मोती
किन नसँगालूँ ? फालूँ कसरी ?
बिर्सूँ; तर भन, बिर्सूँ कसरी ?

मुटको भित्र त विरह करायो
अतिशय टाढा मिलन चियायो
दृग-दुकूलका आर्द्ध प्रतीक्षा
प्रियतम, भन न, सुकाऊँ कसरी ?
बिर्सूँ; तर भन, बिर्सूँ कसरी ?

 .......................................
शारदा, ८।१, वैशाख १९९९