भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
बिर्सेर फेरि मलाई नहेर / नगेन्द्र थापा
Kavita Kosh से
बिर्सेर फेरि मलाई नहेर
यहाँ एक जीवन आँशुमा डुब्छ
निको भइसकेको पुरानो त्यो घाउ
अनायासै फेरि बल्झेर बढ्छ
बोकेर चोट अनुरागको
जाँदैछु बाँच्न एकान्तमा आज
सम्झना पनि नपठाऊ भन्छु
कतै जिन्दगी नै झस्केर उठ्छ
शायद निको नहुने मेरो घाउ
डाहा भै बाँच्छ सधैँ मभित्र
बाँचेकै हेर्ने भए फेरि मलाई
हाँसो नै दिने भए फेरि मलाई
अब नजरले नघोच मलाई
तिम्रो हेराइमा बल्झेर दुख्छ
बिर्सेर पनि मलाई नहेर ।