भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
बिश्वास / सविता गौतम दाहाल
Kavita Kosh से
जे भने पनि हुन्छ उनले
जे नै भनेपनि मीठै हुन्छ
देखाएका वस्तुहरु राम्रै लाग्छन
चिनाएका ब्यक्तिहरु आफनै लाग्छन् ।
नमीठो दिएपनि
आफ्नै मुख नमीठो भएझैं मान्छु
उनि रिसाउदां
आफैले कतै विराएझै लाग्छ
उनि मोडीदापनि
कामै परेर गएझै लाग्छ ।
राम्ररी नबोल्दा
आज सञ्चै नभएर हो झैं लाग्छ
वेहुला वेहुली बनेर जोडी बाधी आउदापनि
धारावाहिक खेलेझैं लाग्छ
आफू चिताको दाउरामा पुरिदापनि
आफैले विश्वास कतै तोडेको होकिझैं लाग्छ ।