भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बीर डा. के. आई. सिंङ / धर्मराज थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

क्रान्तिकारी ए बीर के.आई. सिंङ कहाँ गयौ जेलखाना तोडेर
भैरवाको जेल फोरी छुटाएर कैदी
गिरफ्तार आफू भयौ नेपालको कैदी
थियौ तिमी बन्दी जब सिंहदरबारमा
हेर्दै थियो सरकारले तिम्रो मुकदमा
क्रान्तिकारी ए बीर के.आई. सिंङ कहाँ गयौ जेलखाना तोडेर

मंगलबार आठ गते माघको छ दिन
कान्तिपुर भित्र थियो बिघ्नै रीमझीम
रक्षादल पाले थियो सिंहदरबारमा
तिनै पाले उठिदिए तिम्रो नेतृत्वमा
क्रान्तिकारी ए बीर के.आई. सिंङ कहाँ गयौ जेलखाना तोडेर

सोही रात मुख्य ठाउँ कब्जागरिदिए
रेडियो र टेलिफोन सबै हात लिए
ठिमी गट्ठा तोपखाना बाँकी कतै छैन
मोर्चा लिई नवर्सेको ठाऊँ कतै छैन
क्रान्तिकारी ए बीर के.आई. सिंङ कहाँ गयौ जेलखाना तोडेर

काठमाडौं जेल पनि फोर फार पारी
जो जो काम शुरू गर्‍यौ जिउने आशमारी
मुक्त भए छट्पटिने पिञ्जराका कैदी
तिम्रो एउटा नीति थियो छुटाउने कैदी
क्रान्तिकारी ए बीर के.आई. सिंङ कहाँ गयौ जेलखाना तोडेर

मन–तरी–मण्डलको सातो पुत्लो गयो
नेपालको मुख्य मन्त्री के.आई. सिंङ भयो
भन्ने हल्ला नेपालमा फैलाएर सर्र
जीपकार चढि घुम्थे मुक्तिसेना हर्र
क्रान्तिकारी ए बीर के.आई. सिंङ कहाँ गयौ जेलखाना तोडेर

छोडिएका कैदीहरू छाती फुकाएर
राता राता गोलभिडे आँखा लगाएर
आजादीको मैदानमा अब केको डर
भन्दै हिँड्थे डोको बोकी बाटो लरलर
क्रान्तिकारी ए बीर के.आई. सिंङ कहाँ गयौ जेलखाना तोडेर

मानिसको हृदयमा क्रान्ति हुनु पर्छ
अन्यायमा चुप लागे आजादी नै मर्छ
कुकर्मले रंगिएर थुनिएका पनि
गर्नुपर्छ सुकर्म है भन्थे घुमीघुमी
क्रान्तिकारी ए बीर के.आई. सिंङ कहाँ गयौ जेलखान तोडेर

जिन्दगीमा एकबार कैदी हुनुपर्छ
स्वदेशको निम्ति बलि चढ्नु पनि पर्छ
हाडमासु मकिएर माटो भित्र मिल्छ
तर आशा संसारमा जिउँदो भई घुम्छ
क्रान्तिकारी ए बीर के.आई. सिंङ तिमी गयौ जेलखान तोडेर

नेपालको प्राण बोल्छ हिमालमा चढी
हार कैले नखाएर मर्छ वीर लडी
जिउँछ बहादुर छोरो बरू दुबै दिन
पछि हट्न जान्दैन त्यो वीर कुनै दिन
क्रान्तिकारी ए बीर के.आई. सिंङ कहाँ गयौ जेलखाना तोडेर