आफ्ना चोटहरूका बारेमा भनिन् उनले
र भनिन् आफ्ना चोटलाई कसरी
मीठा गीत बनाउँछिन् भन्ने बारे
उनले फूलहरूका बारे भनिन्
र भनिन् परागका सुवासका बारेमा!
मन्त्र होस् या तत्वज्ञान
प्रेम र स्नेहिल बन्धनहरूमा रमाइन् उनी
र केवल प्रेम छरिन् उनले
धरती र आकाशमा!
अपेक्षाहरूको जहाजमा चढेर
आफूले विश्वास गरेको मान्छेका लागि
बुझिनसक्नुको मृत्यु मर्छिन् उनी हरेक दिन, हे ईश्वर !
तिम्रा सामू निहुरिरए प्रार्थना गर्दै
बिताइन उनले आफ्नो आधा जीवन !
अर्कै ठाउँमा बनाउनुपर्ने चिता
आफ्ना बन्धनहरूमा रचिन उनले र बाँचिरहिन्, अहो!
उसको अपेक्षा गरेर कुनै दिन
कुनै प्रतिक्षारत फूल जसरी
फक्रिइन उनी त्यस मौरीका लागि!
प्रेममा रहेको विश्वास गरेर उसलाई
मगमगाइरहिन् सुगन्धझैँ।
रातका कोपिलालाई फूलाउनका लागि
जून बनिन् उनी।
मरेको अतीतको सपथ गर्दै
उनले हिँडाउँदै गरेको जीवनलाई नमन गर्छु म..
उसले त उनलाई वर्षौँ पहिले छोडिसकेको थियो!