भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बुझ्नै सकिनँ / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बुझ्नै सकिनँ यो मनको कुरा
बुझ्नै सकिनँ झन् त्यो मनको कुरा
कहिले आफ्नो पराई हुँदा
कहिले पराई आफ्नो हुँदा
 
सँगै हिँडेको साथ छुट्दा
मनमा धैर्यको बाँध फुट्दा
व्यथाको सागरमा डुबेको पल
छुँदैन कि मन उसको कुरा
बुझ्नै सकिनँ यो मनको कुरा
 
मनको सहर बगर हुँदा
पानीविनाको नहर हुँदा
एक बूँद खुसीमा तड्पेको पल
छुदैन कि मन उसको कुरा
बुझ्नै सकिनँ यो मनको कुरा
 
सपना सबै धुवाँ हुँदा
मन सिमलको भुवा हुँदा
आँधीहुरीमा हराएको पल
छुँदैन कि मन उसको कुरा
बुझ्नै सकिनँ यो मनको कुरा