भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बुद्धिजीवीहरूसँग / युद्धप्रसाद मिश्र

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

संगिन रोपी गर्भवतीको
पेटभित्रको बालक मारी
कसरी सक्छौ भुल्न, दिएको
हात्तीद्वारा बस्ती उजाडी


पीडाको चित्कार नसुन्ने
बहिरा छौ कि हे विद्वतवर्ग
तुच्छ स्वार्थतिर कलम झुकाई
वास्तवदेखि भाग्छौ किन पर


तम्सिरहेछन् बदला लिन भनी
वीरगतितिर उन्मुख घायल
पढेगुनेका किन ओर्लिन्छौ
बुद्धिजीवी हो तिमीहरू तल तल


दास प्रवृत्ति छोड, गराउ
बेलैमाथि कलम जोदाहा
नत्र कठिन भो भन्न तिमी पनि
रक्त क्रान्तिमा हुन्नौ स्वाहा