भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बुबालाई सम्झेर / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


१. एक पाखा पृथिवी निधारमा बोकेर
        अनि निधारकै पसिनाले
        त्यसलाई सिँचेर सिँचेर सिँचेर
        मेरा बुबा
        पृथिवीभित्रै पसेर हराए ।


२. हामी बारीमा जान्थ्यौँ सँगै
        गर्मी हुँदा म पातले हम्किन्थें आफुलाई
        उनी एक किसिमको धुन निकालेर
        सुसेली मार्थे
        अनि सिरिरिरी हावा चल्थ्यो ।