भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बुवा / शहरजाद सेपानलो / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

वहाँसँगको मेरो मनमुटाव सकिएको छ
सिनोको भोज गर्ने कीराहरू समेत
उहिल्यै मरेर गइसके
तर वहाँ हुँदै हुनुहुन्छ।

जेभए पनि मेरो मन पनि वहाँकै जसरी पग्लिने गर्छ
र हामी दुवैका साना राता रक्तकोशिका पनि छन्
र वहाँले मलाई आजसम्म जम्माजम्मी एउटै सल्लाह दिनु भयो
एउटै रक्तकोशिका भएका पुरुषसँग विवाह नगर्नू
नभए दोषपूर्ण छोराछोरी जन्मने छन्
र हाँस्नु भयो वहाँ।