बेविलोनियाका वियोगमा प्रेमको कथा / मदन रेग्मी
गाई गोठालहरूले
राम्री बेविलानियामा बम खसाले
खसाल्दै गए
दूध बगिह्यो
चुस्ने ओठ र चुसाउने मुन्टाहरू
दुवै उछिट्टिएर
सँगै छाती फाटिए
सबै क्षतविक्षत भए
माया धूँवा र धूँलोमा उड्यो
सबै भग्नावशेषमा पुरिए
जन्मेकादेखि मृत्यु कुर्नेसम्म
बेविलोनियका भग्नावशेषमा हराए।
खै त्यो बेबिलोनिया?
त्यो झुण्डिरहेको बगैँचा?
कस्तो रमाइलो कथा
त्यो प्रकृतिकी महिला
खोज्न थाली आफ्नै जन्मको
नदी, झरना चाराचुरुङ्गी, रुख र फूलहरू
सुख्खा र उड्दो मठभूमि
चारैतिर सुनको महल
उनीहरूको माया मौलाउन सकेन
लोग्नेमान्छेले उसको रहरलाई बुभ्यो
नदी, झरना र अग्ला रूखहरू
गौँथलीले घरजस्तै मेहनेतले बनायो
आइमाई रनाउन थाली
झुण्डिरहेको फूलबारीमा
नदीहरू बग्न थाले
रूख उम्रियो, झरना झर्यो
उनीहरू खेल खेल्न थाले
एकले अर्कालाई मन पराए
कति रामा छ
"त्यो तिमीले बनाएको उद्यान
चराचुरुङ्गी र फूलहरू र यी झरनाहरू"
उसले भनी तिम्रो मायाले पुग्दो रहेनछ
माया त मेरो जन्मसित रहेछ
चिसा पानी भएका नदीहरू
म नङ्गिएर सुत्ने गरेको
ती किनाराहरू
र मेरो भोग गर्ने
त्यो रापिलों सूर्य
फेरि आउने जाने गर्ला कि नगर्ना
थाहा छैन
तिमी र मजस्तै
कसले बनाउला
म, तिमी र यो झुण्डिरहेको बगैँचा?