भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
बेहोसीमा कतिकति / सुमन पोखरेल
Kavita Kosh से
बेहोसीमा कति कति आफैँलाई पिइदिएँ
दुःख सुनायो रातले सबै मैले लिइदिएँ
के भन्नु कसलाई भन्नु, कहाँ वेदना फुकाउनु?
निर्मम यी पलहरूलाई किन सुस्केरा सुनाउनु?
पाइला पाइला भेटिनेलाई हाँसो नै दिइदिएँ
बेहोसीमा कति कति आफैँलाई पिइदिएँ
बुझिन भन्दछन् सबै, चोट बुझिने कहाँ हुन्छ
एउटाले बाँचेको कथा अर्कोलाई नयाँ हुन्छ
जे जे भेट्टाएँ यात्रामा तिनैको माला उनिदिएँ
बेहोसीमा कति कति आफैँलाई पिइदिएँ