भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बैँसजस्तो बादल / दिनेश अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


बैँसजस्तो बादल हजुर
बादलजस्तो बैँस
आकाश छुन नसके नि
धर्ती छोड्दो रै’छ

खेलजस्तो कतै जोड्ने, कतै छोडिदिने
हिँड्दा हिँड्दै सोझो बाटो बीचमै मोडिदिने
कहाँ पर्छ रात–साँझ ? वास्तै हुन्न रै’छ

छैन पीर, छैन सुर्ता, कहाँ लाग्छ घाउ
आँखा छल्दै हिँड्नेमात्र हुँदो रै’छ दाउ
के हुने हो भोलि–पर्सि भन्ने हुन्न रै’छ